साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
शुक्रबार १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।