logo-img

मन्त्रीको दाबी : एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ
फाइल तस्बिर

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् ।  

आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रियामा मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनका वस्तुमा प्रभाव परेकाले उपभोक्ता अदालत  गठन गर्नुपर्ने बताएका हुन् । 

‘अहिलेको उत्पादन कति  छ ? स्टक कति  ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ  । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्युटी घटाउन परे पनि  घटाउँछौं, तर  सरकारले  आव्हान  गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै  चाहिन्छ । त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार  छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत  गठन हुनेछ,’ मन्त्री भण्डारीले भने ।

उनले उपभोक्ता श्रृखलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको पनि उल्लेख गरे ।  मन्त्री भण्डारीले उत्पादनमूलक वस्तु मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता श्रृखलाको चुनौती बढेको जिकिर गरे ।


 





  • प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया