logo-img

झलनाथ खनालको आरोप- कांग्रेस र एमाले भ्रष्ट, घमन्डी र दलालवादी पार्टी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठूला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् । आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई  सम्बोधन गर्दै उनले कांग्रेस  र एमाले  सबैभन्दा घमन्डी  र  दलालवादी  पार्टी भएको आरोप लगाएका हुन् ।

उनले  भने,  ‘अहिले  दुई  पार्टीको  सरकार बनेको  छ । यस्तो  विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ । दुई वटै घमन्डी र भ्रष्ट पार्टी हुन् । अवसरवादी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी  हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन् ।’

उनले एउटै  पार्टीले  बहुमत  लिएर  आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे । उनले  भने, ‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम । केही हुनेवाला पनि छैन । देशमा मल्टिपाटी सिस्टम स्थापना भए पनि पुँजीवादी मल्टिपाटी सिस्टम हो । पुँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ ।’





  • प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया