logo-img

अरू पार्टी हतियार उठाएर आए, लोसपा शान्तिपूर्ण आन्दोलनबाट स्थापित भएको हो : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले केही दलले हतियारको प्रयोग गरेर देशमा परिवर्तन ल्याएको आरोप लगाएका छन् ।  
आइतबार मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै उनले आफ्नो पार्टीले जहिले पनि शान्तिपूर्ण आन्दोलन गरेर देशमा स्थापित भएको बताएका हुन् ।  

उनले  भने, ‘मधेसमा हामीले ६ महिनासम्म निरन्तर आन्दोलन गरेका थियौँ । आन्दोलनबाट धेरै नोक्सानीको सामना गर्नुपरेको थियो । हाम्रा पार्टीका धेरै नेता–कार्यकर्ता सहिद भइसकेका छन् । अहिले पनि धेरै नेता–कार्यकर्ता जेलमा छन्, कोही महोत्तरीको जेलमा छन् भने टीकापुर घटनापछि कोही थारू नेता धनगढीको जेलमा छन् । आन्दोलन आपराधिक आन्दोलन थिएनन्, लुटपाट, कुटपिट आन्दोलन पार्टीले गरेको थिएन । सधैँ शान्तिपूर्ण ढंगले आन्दोलन गरेका थियौँ, तर अरू पार्टीले हतियार उठाएर देशमा परिवर्तन ल्याएका हुन् । त्यो बेला धेरै धनजनको नोक्सान भएको थियो । बैंक लुटिएको थियो, गोदाम लुटिएको थियो र सबैभन्दा बढी मानवीय क्षति भएको थियो ।’

साथै उनले गोली चलाउन आवश्यक नभएको ठाउँमा समेत त्यो समय गोली चलेको बताए । उनले यतिका समयसम्म पनि कुनै प्रधानमन्त्रीले मधेस आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको दुखेसो पोखे ।





  • प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया