logo-img

बात लगाउनेलाई मुखभरिको जवाफ दिन माधव नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन् ।

आइतबार नेकपा एसको दशौँ महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।’

साथै  उनले अरू पार्टीले  लगाइरहेको आरोपको प्रतिकार  गर्न  नहुने  बताए ।  उनले प्रतिकार  गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुनु भएको बताए ।  

उनले  भने,  ‘गर्वका साथ  हामीले  भन्नुपर्छ,  हामीले  आफ्ना कुरामा गौरवबोध भएर बस्नुपर्छ, ताकि हिनताबोध भएर केही गर्न सक्दैनौँ, प्रायः हाम्रो  पार्टीपंक्तिहरूमा गुनासा बढी सुन्ने गर्छु, अरूले हामिलाई लगाइरहेका बात, आरोप त्यसैबाट हामी चिन्तित हुने गर्छौं, हामी त्यसको प्रतिकार गर्दैगर्दैनौँ, मुखभरिको जवाफ दिने गर्दैनौँ, त्यो आत्मविश्वासको कमी पनि हो ।’ 

डिफेन्सिक मानसिकता बोकेको मान्छेले राजनीतिमा पहलकदमी  लिन नसक्ने उल्लेख गर्दै उनले भने, ‘हामीमा आत्मविश्वासको कमी छ, हामीमा डिफेन्सिक मानसिकता छ ।’





  • प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया