logo-img

दशैँअगावै दुग्ध र उखु किसानको सबै बक्यौता भुक्तानी दिने कृषिमन्त्रीको प्रतिबद्धता

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैँअगाडिसम्म सबै दुग्ध किसानको वक्यौताको भुक्तानी गर्ने भएको छ । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी कृषिमन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताए । बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैँअगाडिसम्म भुक्तानी गर्ने जानकारी उनले दिए । 

उनले भने,‘दुग्ध किसानले पाउनुपर्ने बक्यौता उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तीमा भदौ महिनाभित्र नत्र दशैँअगाडिसम्म सबै किसानले विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी गरिसक्ने विश्वास दिलाउन चाहन्छु ।’ 

किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए । मन्त्री अधिकारीले उखु किसानको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दशैँअगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । 

रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाइ छ । 

उनले भने,‘उखु किसानको बारेमा पनि मन्त्रालय जानकार छ । दशैँअगाडि नै रकम उपलब्ध गराउनेगरी मन्त्रालयले गृहकार्य थालिसकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौँ ।’ 



उनले सधैँ उधारो दुध किसानबाट लिने, नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दीर्घकालीन रूपमा समाधानका लागि पहल गरिरहेको उनले जानकारी दिए । 



  • प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया