logo-img

वुल्भ्सको पोस्टमा चेल्सीको ६ गोल, नोनीको ह्याट्रिक

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स) लाई ६–२ ले हराएको छ । गएराति सम्पन्न खेलमा चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गर्दा निकोलस ज्याक्सन, कोल पालमर र जाओ फ्लेक्सले एक/एक गोल गरे ।

वुल्भ्सका लागि म्याथ्युस सान्टोस र जोर्जेन स्ट्रान्ड लार्सेनले एक/एक गोल फर्काए । चेल्सीका लागि निकोलश ज्याक्सनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । वुल्भ्सका म्याथ्युस सान्टोसले गोल गर्दै २७ औं मिनेटमा बराबरी गरे ।  

४५ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले अग्रता २–१ बनायो । पहिलो हाफमै अतिरिक्त छैटौँ मिनेटमा लार्सेनले गोल गरेपछि वुल्भ्सले पहिलो हाफ २–२ को बराबरीमा अन्त्य गरेको थियो । तर, दोस्रो हाफमा चेल्सीले थप आक्रामक खेल्दै थप ४ गोल गरेको थियो ।

४९ औं मिनेटमा माडुएकेले व्यक्तिगत पहिलो गोल गरेपछि चेल्सीले ३–२ को अग्रता लिन पुग्यो । उनै माडुएकेले ५८ औं र ६३ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सी ५–२ ले अघि बढेको थियो । 

८० औं मिनेटमा जाओ फ्लेक्सले गोल गरेपछि चेल्सीले यो सिजनको पहिलो र फराकिलो जित निकाल्न सफल भयो । जितपछि चेल्सीले तालिकामा पहिलो ३ अंक जोड्न सफल हुँदा वुल्भ्सको भने यो लगातार दोस्रो हार हो ।

प्रिमियर लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले एक/एक गोलको बराबरी खेले । 





  • प्रकाशित मिति : भदौ १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया