logo-img

नेपाल एयरलाइन्सको अवस्था अत्यन्तै कमजोर बन्यो, सुधार्नुपर्छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् ।

सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरू आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको बताए । 

उनले भने, ‘नेपाल एरलाइन्स खस्किएको छ सबै हिसाबले । अत्यन्तै कमजोर भएको छ । नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौँ । जसले गर्दा कोही पनि विदेशी पर्यटक आउँदै गर्दा नेपालको उड्डयन क्षेत्रलाई हेरेर मूल्याकंन गर्ला । यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरू आउँछन् । उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ ।’

यस्तै, उनले नेपाल विविध संस्कृतिको देश भएको भन्दै यस्ता सम्पदाहरूको उजागर, संरक्षणसाथै मार्केटिङ पनि गर्नुपर्ने बताए । उनले भने, ‘हामीसँग विविध संस्कृति छ । यस्तो संस्कृति सबै देशलाई प्राप्त छैन । सम्पदाहरूको उजागर गर्ने, संरक्षण गर्ने र संवर्द्धन गर्न र विविधता पूर्ण संस्कृतिको संरक्षणसँगै यसको मार्केटिङ पनि गर्नुपर्छ ।’

आगामी दिनमा कुनै स्वार्थविना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने विश्वास दिलाउँदै नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने उनको भनाई छ ।  





  • प्रकाशित मिति : भदौ १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया