ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छिन् ।
विदेशमन्त्री अल्बुसैदी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । उनली यही भदौ १० र ११ गते नेपालमा रहनेछन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भोलि भदौ ११ गते काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।