logo-img

गौरापर्व विशेष समारोहमा बालेनको खोजी, ओली र देउवा बोल्दै गर्दा नाराबाजी

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीले नेताहरूविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीमा सहभागीले बालेन्द्र शाह (बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दै गर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवालगायत शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीले नेताहरू बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन ?’ भन्दै जंगिएका थिए । ‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ?’ गौरापर्व खेल्न र हेर्न आएकाहरूको कार्यक्रम बिथोल्न खोजेको भन्दै  देउवाले आक्रोश व्यक्त गरेका थिए ।

नाराबाजीका बीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए । देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो । 

प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रशंसा)ले बर्सेनि काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ । 





  • प्रकाशित मिति : भदौ १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया