मतदान बहिष्कार गरेपछि अक्षयकुमार बने ट्रोलको सिकार

एजेन्सी– भारतमा यतिबेला विभिन्न चरणमा चुनाव भइरहेको छ । यसै क्रममा सोमबार चौथो चरणमा महाराष्ट्रका १७ लोकसभा सिटका लागि मतदान भयो । बिहानैदेखि बलिउड सेलेब्रिटीहरूले मतदानमा सहभागी भएको फोटो सामाजिक सञ्जालमा अपलोड गरिरहेका थिए । यसले निर्वाचनलाई अझै उत्साहित र रोचक पनि बनाइरहेको थियो । 

यो लिस्टमा सलमान खान, अमिताभ बच्चन, रणवीर सिंह, दीपिका पादुकोन, अनुष्का शर्मा, मलाइका आरोडा, हेमा मालिनीलगायत धेरै कलाकार छन् । उनीहरूले बुथमा पुगेर भोट खसालेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेका थिए । उनीहरूले आफूले मताधिकार प्रयोग गरेको फोटो अपलोड मात्र गरेनन्, आमसर्वसाधारणलाई पनि मताधिकार प्रयोग गर्न अपिल पनि गरे । 

तर, देशभक्ति र सामाजिक मुद्दालाई उठाएर सिनेमा बनाउने अक्षयकुमार न त कतै देखिए न त उनले भोट हाले नै । यसैकारण उनी सामाजिक सञ्जालमा ‘ट्रोल’ बनिरहेका छन् । ट्रोल बनाउनेमा अधिकांश उनका फ्यान छन् । 





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार १७:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया