logo-img

अर्थमन्त्री पौडेलको अनुरोध- मन्त्रीलाई भाषण गर्न नबोलाइदिनू, काम गर्न दबाब दिनुहोस्

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतीत गर्नुभन्दा काम गर्न दबाब दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । 

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो, २०२४ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्नेबाहेकका कार्यक्रममा बोलाउनुभन्दा काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । 

‘मन्त्रीलाई एउटा अप्ठेरो हुँदो रहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरूलाई भाषण नभइ काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ । तर, के निजी क्षेत्रका छाता संगठनहरू छन् । उहाँहरूले महत्वका साथ बोलाउनुहुन्छ । न आउँ यथोचित आधार मर्यादा भएन भन्ने लाग्छ । आउँ समय भाषण गर्नमा व्यतीत हुन्छ । त्यसकारण अर्थमन्त्रीले सुन्नेपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनि सहजीकरण गरिदिनुहुन सादर अनुरोध गर्दछु,’ अर्थमन्त्री पाैडेलले भने । 

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउनेभन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन निजी क्षेत्रलाई उनको अनुरोध छ । त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे । 

‘अहिले बनेको सरकार संसदले बनाउने सबैभन्दा स्थिर सरकार हो । यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ । यो सरकार सबै नेपालीको हो,’ अर्थमन्त्री पाैडेलले भने ।





  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया