logo-img

लगानीमैत्री वातावरणका लागि कानुन बाधक छन्, संशोधनको गर्दै छौँ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अझै पनि थुप्रै कानुनहरू लगानीमैत्री वातावरण बन्ने कुरामा बाधक रहेको बताएका छन् । मंगरबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको बैठकमा उनले जग्गा प्राप्तीदेखि उद्योग स्थापना सबैमा अन्तरमन्त्रालयका केही कानुनहरू बाधकको रूपमा रहेको भन्दै यसको संशोधनको प्रक्रिया अगाडि बढाएको बताए । 

उनले भने, ‘आजपनिथुप्रै कानुनहरू लगानीमैत्री वातावरण बन्ने कुरामा बाधकको रूपमा रहेका छन् । जग्गा प्राप्तिको कुरा होस्, उद्योग खानी, खनिजलगायतका कामको लागि अहिले पनि अन्तर मन्त्रालयका केही कानुनहरू बाधकको रूपमा रहे । त्यसलाई पनि संशोधनको माध्यमबाट अगाडि बढाएका छौ । त्यसमा केही सुधारको प्रक्रियाहरू पनि भएका छन् ।’

यस्तै, उनले उत्पादन र कृषिको योगदान घटेको हुँदा जिडिपी ग्रोथ जस्तो हुनुपर्ने हो नभएको भन्दै यसमा सरकार संवेदनशील रहेको पनि बताए । 

यसको साथै, विकासोन्मुख राष्ट्रको रूपमा पाउनुपर्ने सहुलियतहरू कटौती हुँदा व्यापार नीतिमा पर्ने असरबारे मन्त्रालयले आवश्यक तयारी गरिरहेको भन्दै प्रधानमन्त्रीले पनि सरकारका प्राथमिकता संसदमा प्रस्तुत गरिसकेको उनको भनाई छ । 

समितिमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव/असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल भएको थियो । 





  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया