नेपाली कांग्रेसकाे बुधबारका लागि तय भएकाे केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बैठक भदौ १६ गतेका लागि सरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको जनाइए पनि बैठक सार्नुको कारण भने उनले खुलाएका छैनन् ।
साउन २३ गतेबाट सुरु भएकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न ११ एजेन्डामा छलफल भइरहेकाे छ । बैठकमा पूर्वपदाधिकारी र पदाधिकारीबाहेकका नेताहरूले धारणा राखिसकेका छन् ।
गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमा केन्द्रित छ । महासमितिले बैठकमा पेस भएका प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकबाट परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।