logo-img

नेकपा एसका पदाधिकारीसहित एक सय पाँच पोलिटब्युरो सदस्य छनोटका लागि मतदान सुरु
अध्यक्ष नेपालबाट मतदान
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पदाधिकारीसहित एक सय पाँच पोलिटब्युरो सदस्य छनोटका लागि मतदान सुरु भएको छ ।

पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्य पूरा गरेपछि मतदान साँझ ६ बजेदेखि सुरु भएको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । मतदानलगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताजमोहम्मद मियाँले जानकारी दिए । 

सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारीसहित बाँकी पोलिटब्युरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । एक सय पाँच पदका लागि भएको निर्वाचनमा करिब दुई सय उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य, विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।





  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया