रणबीर सिंहको नयाँ लुक्स किन छ चर्चामा ?

एजेन्सी– केही समय यता बलिउडमा बन्ने अधिकांश फिल्महरु खेलकुदमा आधारित हुन थालेका छन् । अब सन् १९८३ को विश्वकप क्रिकेटलाई लिएर पनि भारतमा फिल्म बन्ने भएको छ । यो फिल्मको नाम ८३ राखिएको छ । फिल्ममा बलिउड अभिनेता रणबीर सिंह क्रिकेटर कपिल देवको भूमिकामा देखिने भएका छन् । 

त्यसका लागि रणबीर अहिले क्रिकेट मैदानमा निकै मिहनेत गरिरहेका छन् । मंगलबार चाहिँ रणबीरले सामाजिक सन्जाल इन्स्टाग्राममा नयाँ फोटो राखेका छन् । त्यसमा उनी सन् ८० को दशकका भारतीयहरु जस्तै देखिनका लागि नयाँ लुक्समा सजिएका छन् । र, यो फोटो अहिले भारतमा निकै रुचाइएको छ ।

तस्वीरमा उनी लामो कपालमा देखिएका छन् । त्यसैले पनि उनको यो लुक्सलाई चर्चामा ल्याइएको छ । यो फिल्मको सुटिङ भने मेमा लन्डनमा हुँदै छ ।





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार २२:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया