भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने घाेषणा गरेकी छिन् । कोलकाताको आरजी कार मेडिकल कलेजकी एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनका बीच उनले यस्ताे बताएकी हुन् ।
‘आगामी साता संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी १० दिनभित्र विधेयक पारित गर्छौं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ,' मुख्यमन्त्री बेनर्जी भनिन्, 'यदि उनीहरूले विधेयक स्वीकृत गरेन भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौँ । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्यापछि राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ । त्यहाँ दिनहुँ जनप्रदर्शन भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।