logo-img

एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक, यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । बैंकले प्रयोगकर्तालाई हवाई टिकटमा १०% छुट र अन्य सुविधा दिने गरी कार्ड सार्वजनिक गरेको हो ।

कार्ड बैंक र यती एयरलाइन्सका सबै ग्राहकले पाउनेछन्। कार्ड प्रयोग गरेर यती एयरलाइन्सको टिकट खरिद गर्ने ग्राहकले १० प्रतिशत छुट र अन्य सुविधा पाउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकले प्रत्येक कारोबारमा माइलेज पोइन्टसका साथै ५ किलो अतिरिक्त ब्यागेज सुविधा पाउनेछन्। ग्राहकले यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुट पाउनेछन्।

कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ।





  • प्रकाशित मिति : भदौ १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया