नेकपा एकीकृत समाजवादी काठमाडौंका नेता तथा कार्यकर्ता पार्टी छाडेको भोलिपल्टै एमालेमै फर्किएका छन् । हिजो मंगलबार मात्रै नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता तथा कार्यकताले पार्टी परित्याग गरेका थिए ।
नेकपा एस छाडेको भोलिपल्टै आज बुधबार उनीहरू एमालेमा फर्किएका हुन् । उनीहरूलाई काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, गण्डकी प्रदेश इन्चार्ज राजन भट्टराईलगायत नेताले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन, सचिव गृश्म महर्जन, उपसचिव नारायणहरि थापा, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा रहेका छन् ।
त्यस्तै, बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव विमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघकुमार न्यौपाने, दीपेश थापा, कृष्णहरि खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरि थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।