logo-img

नतिजा देखिनेगरी काम गर्न विभागीय प्रमुखहरूलाई मन्त्री पाण्डेकाे निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिनेगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । 

पर्यटन सम्बद्ध निकायसँग आज छलफलका क्रममा उनले कुन निकायमा कुन ऐन कानुनको खाँचो छ, प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, 'मैले हरेक दिनलाई परीक्षाका रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।'

उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सीधै सम्पर्क गर्नसमेत मातहतका निकायलाई आग्रह गरे । 

मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै उनले इमान्दारीका साथ काम गर्न निर्देशन दिए । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन् ।





  • प्रकाशित मिति : भदौ १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया