logo-img

काभा भलिबलमा पदक जित्ने खेलाडी जनही ३ लाख नगदसहित सम्मानित

सरकारले काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक, व्यवस्थापक र  फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

गत ३१ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरिएको हो । 

सरकारले १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई २ लाख, सहायक प्रशिक्षक भरत यादवलाई १ लाख २० हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । 

सम्मानित हुने खेलाडीमा प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पूनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्टलगायत रहेका छन् ।  


 





  • प्रकाशित मिति : भदौ १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया