logo-img

छानबिन समितिको प्रतिवेदनप्रति मन्त्री सशङ्कित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् ? त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् । 

मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कत्तिको सत्य, तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ,’ उनले अगाडि भने,‘यदि दिएका प्रतिवेदन तथ्य फरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ?’

उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : भदौ १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया