प्रतिनिधिसभा सदस्यहरूले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिएका हुन्।
सांसद सीताकुमारी रानाले चट्याङ्का कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गरिन् ।
‘मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ’, उनले भनिन् । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।
सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिए । सांसद राजेन्द्र बजगाईंले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।