राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘दैनिक रूपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्याएको त होइन ?’
साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गरे । उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।