logo-img

सी र बाइडेनबीच भेटवार्ताको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताएका छन् । सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गरेका छन् । 

अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गरेका हुन् । 

बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटमा उनले भने, ‘राष्ट्रपति बाइडेन आगामी हप्ताहरूमा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।’ 

उनले अगाडि भने, ‘राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिबद्ध हुनुहुन्छ । राष्ट्रपति बाइडेनले जहाँ आफुहरूकोे हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।’

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबीच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताएका छन् । 

‘चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,’ भेटमा सीले भने,  ‘हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन् ।’ 





  • प्रकाशित मिति : भदौ १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया