राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्तमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले प्रदेश महामन्त्री बाहुनलाई बर्खास्त गरेका हुन् । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सभापति विष्टले महामन्त्री बाहुनलाई बर्खास्त गरेका विज्ञप्तिमा जनाइएको छ ।
‘पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहजरअसफल बनाउने विविध क्रियाकलाप गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार महामन्त्री पदबाट मुक्त गरिएको छ,’ प्रदेश सभापति विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
१३ मंसिर २०८० मा महामन्त्री नियुक्त भएका बाहुनलाई १० भदौ २०८१ मा स्पष्टीकरण सोधिएको थियो । बाहुनले स्पष्टीकरणको जवाफमा प्रदेश सभापति विष्टले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गर्न खोजेको बताएका थिए ।
सुदूरपश्चिममा प्रदेश सभापति विष्टको कुरामा विमति राख्नेलाई पेल्ने र हटाउने कार्य हुँदै आएको पनि बाहुनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।