logo-img

राजेन्द्र लिङ्देन भन्छन्- देशको परिस्थिति आँखाले देखेकोजस्तो सामान्य छैन, सन्नाटा छाइसक्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको  परिस्थिति आँखाले देखेकोजस्तो सामान्य नरहेको उल्लेख गरेका छन् । शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नाटा जस्तो भएको बताएका हुन् ।  

उनले  भने, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै  आन्दोलन छैन, नारा जुलुस छैन, सामान्य आँखाले हेर्ने हो भने ठिकै चलेको छ जस्तो  देखिन्छ । तर देशको परिस्थिति आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन । यो आँधी आउनु अगाडिको सन्नाटा जस्तो हो ।’ 

साथै उनले राप्रपा बलियो बनेर सत्तामा उभिनुपर्ने बताए । यति बेला राप्रपाले प्रतिपक्ष दायित्व पूरा नगरे देश दीर्घकालीन निराशाको खाडलमा जाने बताए ।  

उनले भने, ‘एमाले, कांग्रेस र  माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । तर यस बीचमा देशको अवस्था के छ ? र सत्ताको कुन प्रकारले दुरुपयोग भयो  भन्ने कुरामा साक्षी छौँ । अहिले देश एउटा यस्तो विन्दुमा पुगेको छ की अब पनि राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति बलियो बनेर नआउने हो  भने र  यसले  आफ्नो  प्रतिपक्ष दायित्व पूरा नगर्ने हो भने जनतालाई एउटा अभिभावकत्व प्रदान नगर्ने हो  भने देश दीर्घकालीन निराशाको खाडलमा जान्छ । र त्यसले जुनसुकै किसिमको अराजकता निम्त्याँउनसक्छ ।’ 





  • प्रकाशित मिति : भदौ १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया