logo-img

ऊर्जा निर्यातका बाधक कानुन संशोधन गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा निर्यात गर्ने उद्देश्य पूरा गर्न बाधक हुने कानुनहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

शुक्रबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै सोही उत्पादनलाई निर्यात गरेर आयआर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य सरकारको रहेको भन्दै यो काम पूरा गर्न आवश्यक पर्ने कानुनहरूको संशोधन हुनुपर्ने बताए ।  

उनले भने, ‘हाम्रा आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुका साथै उत्पादनलाई निर्यात एवं बिक्री गरेर, आयआर्जनमार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । 
यो हामी सबैको साझा दायित्व, सोच र चिन्तन हो । यो काम गर्नका लागि आवश्यक पर्ने कानुनहरूको संशोधन, परिमार्जित र व्यवस्थन गर्न आवश्यक छ । आन्तरिक आवश्यकता पूरा भएपश्चात् निर्यात गर्ने उद्देश्यमा बाधक हुने कानुनहरू संशोधन गरेर अगाडि बढ्ने हो ।’ 

यस्तै, उनले देशको आन्तरिक आवश्यकतालाई परिपूर्ति गरेपछि निर्यात गर्ने विषयमा सबैको एकमत रहेको बताए । 

प्रसारण लाइनको माध्यमबाट कतिपय ठाउँका आवश्यकता भूगोलको हिसाबले पुर्याउन नसक्ने भन्दै यसमा नवीकरणीय ऊर्जाको सहयोग आवश्यक हुने पनि उनको भनाइ छ ।  





  • प्रकाशित मिति : भदौ १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया