नेपाली कांग्रेसकाे कानुन विभागमा १० जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) मानबहादुर नेपाली प्रमुख रहेको कानुन विभागमा १० सदस्य मनोनयन गरेका हुन् ।
कानुन विभागमा मनाेनीत हुनेमा शिवराज पाण्डे, (कञ्चनपुर), कलमबहादुर खत्री (सुर्खेत), दुर्गाबहादुर सुनार (कास्की), दिपकराज गौतम (दाङ), ध्रुब श्रेष्ठ, (सुर्खेत), रामचन्द्र गौतम (रूकुम पश्चिम), खिल गिरी (धादिङ) मन्दिरा शर्मा (काभ्रेपलाञ्चोक), अनिलकुमार कर्ण (धनुषा) र शोभा घिमिरे (संखुवासभा) छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।