संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्री भएपछि पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। मन्त्री पाण्डेले अन्तराष्ट्रिय विमानस्थल उडानका लागि सरकारले प्राथमिकताका साथ काम थालेकाे बताए।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले थाई एयर एसियासँग उडानका लागि सम्झाैता भइसकेकाे र अन्य एयरलायन्स आकर्षित गर्न छुटलगायत सुविधा दिएकाे जानकारी गराए ।
बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएकाे विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेकाे उनले बताए। भिसा अफिस, श्रमलगाय अत्यावश्यक सेवा भैरहवाबाटै सुरु गर्ने निर्णय गरेकाे उनले बताए।
उक्त अवसरमा लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डे, सिद्वार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खान, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्रीकाे लगायतकाे उपस्थिति थियाे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।