नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले सशस्त्र द्वन्द्वका क्रममा युद्धविराम भएको अवस्थामा पनि आफूमाथि आक्रमण गरेकाे बताएका छन् ।
पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचनमा बाेल्दै उनले आफूमाथि भएकाे आक्रमणकाे घटना स्मरण गरेका हुन् । कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटनाबारे उनले भने, ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो।’
तत्कालीन माओवादीले ४० बुँदे माग गरे पनि वार्ताका लागि भने तयार नभएको देउवाले बताए । सशस्त्र द्वन्द्वलाई सफलतापूर्वक शान्ति प्रक्रियामा ल्याएको र संविधानसभाबाट संविधान जारी गरेर गणतन्त्रमा आएकाे उनले बताए ।
'अहिले संविधानलाई पनि अझै राम्रो बनाउन संशोधन गरेर अघि बढ्न सकिन्छ,'देउवाले भने, 'प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । यसलाई सुदृढ गर्ने र सुधार गर्दै लैजान सकिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।