शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय एकल रूपमा सञ्चालन गर्न नहुने बताएकी छिन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यार्थी आकर्षित नभएको बताउँदै एकल रूपमा सञ्चालन गर्न नहुने बताएकी हुन् ।
उनले भनिन् , ‘एउटा त हाम्रो स्पष्ट धारणा हुनुपर्छ , खासगरी आज जति पनि विधेयकहरू दर्ता भएका छन् ती विधेयकहरू समुदायले माग गरेर पनि आएका छन्, आवश्यकताले पनि आएका छन् , यो मुलुकलाई बनाउँ है भनेर पनि आएका छन् , राजनीतिक आकांक्षाका हिसाबले पनि आएका छन्, विभिन्न आयामहरूबाट हाम्रा विधेयकहरू प्रस्तुत भएका छन्, तर अब हामीले सिंगल विश्वविद्यालय ख्वप कलेज पछाडि नल्याउँ भन्ने हो ।’
साथै उनले विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिने बताइन् । उनले विश्वविद्यालयले आफ्नो स्ट्यानर्डर ग्लोबल नै स्थापित गर्ने भएकाले विदेशी र स्वदेशी भनेर चियो चर्चा गर्न नहुने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।