logo-img

पाँच हजार नाघे डेंगु संक्रमित

देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको संक्रमण हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा फैलिएको छ ।

तीन जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भइसकेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै २ हजार ४४० जनामा संक्रमण पुष्टि भएको छ ।

कोशी प्रदेशमा ७४९, मधेशमा ८६, बागमतीमा १ हजार ४८६, लुम्बिनी ४१८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु संक्रमण पुष्टि भएकाे डा. दाहालले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया