logo-img

विकासमा छुटेको कर्णालीलाई रास्वपाले जोड्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटक-पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरूले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे ।

उनले भने, ‘कर्णालीले जितेन, सधैँ हार्यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।’ राजनीतिमा आँट, तागत र ढंग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरूलाई स-सम्मानका बिदा गर्ने जिकिर गरे ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले भने, ‘विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एक-एकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।’ घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताए । उनले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गरे ।

सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत साबित हुँदै गएको जनाउँदै उनले वर्षौंदेखि रजगज गरेकाहरूले भ्रम छर्ने काम गरेको आरोप लगाए । सासंद विनिता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गरिन् ।





  • प्रकाशित मिति : भदौ १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया