logo-img

धनराज गुरुङको माग : सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गरियोस्
‘स्थानीय मदिरालाई ब्रान्डिङ गरेर करको दायरामा ल्याउनुपर्छ’
फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’ को राजनीति सुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताएका हुन् ।

उनले सुनकाण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको भन्दै प्रश्न गरे ‘उहाँहरूको सुशासन त्यही थियो ?’ असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए । 

उनले संविधान शंसोधन गरेर सांसदको संख्या घटाउनु पर्ने बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नु पर्ने धारणा राखे । उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताए । उनले स्थानीय मदिरालाई ब्रान्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमा समेत जोड दिए । 





  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया