logo-img

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो

संसदीय सुनुवाइ संयुक्त समितिमा चार देशका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ सकिएको छ । 

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनका लागि डा.शैल रुपाखेती र भारतका लागि डा.शंकर शर्मामाथिको सुनुवाइ सकिएको हो । 

सुनुवाइका क्रममा चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रको समृद्धि र विकासका लागि आफ्नो दायराभित्र रही कूटनीतिक पहलमार्फत देश र जनताको हितमा कार्य गर्ने प्रतिबद्धता जनाए ।  

उनले भने,‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रको समृद्धि र विकासका लागि आफ्नो दायराभित्र रही कूटनीतिक पहलमार्फत् देश र जनताको हितमा कार्य गर्नेछु ।’ साथै उनले बिआरआईबारे सरकारले लिने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 

यस्तै, भारतका लागि राजदूतमा प्रस्तावित डा.शंकर शर्माले आफ्नो कार्ययोजना पेस गर्दै नेपाल सरकारद्वारा प्रदान गरिएको दिशानिर्देशअनुसार काम गर्ने प्रतिबद्धता जनाए । विभिन्न स्तरमा उच्चस्तरीय भ्रमण र विशेषज्ञहरूको नियमित आदानप्रदान जारी राख्न मद्दत गर्ने पनि उनको भनाइ छ । 

उनले भने,‘नेपाल सरकार द्वारा प्रदान गरिएको दिशानिर्देशअनुसार काम गर्नेछु । विभिन्न स्तरमा उच्चस्तरीय भ्रमण र विशेषज्ञहरूको नियमित आदानप्रदान जारी राख्न मद्दत गर्ने साथै द्विपक्षीय सम्बन्धलाई सम्बोधन गर्न र सुधार गर्न विद्यमान लगभग तीन दर्जन सरकारी स्तरका द्विपक्षीय संयन्त्रहरुको बैठक छिटो गर्ने प्रयास गर्नेछु ।’ 



त्यसैगरी डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले जेन्डर जस्टिस क्लाइमेट चेन्जलगायत क्षेत्रमा पनि कूटनीतिक पहल गर्ने बताइन् । उनले आफू राजदूत भएमा डेनमार्क नर्वे फिनल्यान्ड स्विडेनलगायत देशमा उच्चस्तरीय भ्रमणलाई अगाडि बढाउन पनि कुटनीतिक पहल गर्ने बताएकी छन् । 

जर्मनको राजदूतमा प्रस्तावित डा.शैल रुपाखेतीले पनि आफ्नो कार्ययोजना पेस गरेका छन् । उनले आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरणलगायतमा महत्त्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाएका छन् । 



  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया