logo-img

नेप्से १२७.३२ अंकले बढेर पुग्यो २८२३.२५ विन्दुमा

अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार आज सोमबार भने १२७.३२ अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से २८२३.२५ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज १३ अर्ब १० करोडको कारोबार भएको हो । पछिल्ला दिनहरूमा निरन्तरजसो ओरालो लागिरहेको नेप्से, आज भने उच्च अंक बढेर बन्द भएको हो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २२.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ । बजारमा आज ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको हो । 

आज करिब १ दर्जन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर लगायतका स्टकहरूको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।  





  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया