गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले राजीनामा गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रममा मनाङेलाई भाैतिक याेजना मन्त्रालयबाट वनमन्त्रीमा सारिएपछि उनी असन्तुष्ट बनेका हुन् ।
मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर, उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
यसअघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफूलाई संकटमा साथ दिएको भन्दै कांग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाएर एमालेलाई सरकारमा सामेल गराउने वातावरण बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।