logo-img

एन आई सी एशिया बैंक : कार्डको डाटा सुरक्षा अझ बढी मजबुत

एन आई सी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी यस बैंक PCI-DSS v4.0 भर्सनमा स्तरोन्नति भएको छ । बैंकले आफ्नै EFT Switch सञ्चालन गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 भर्सनबाट PCI-DSS v4.0 भर्सनमा स्तरोन्नति भएको हाे । 

यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै EFT Switch द्वारा सञ्चालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (VISA र Mastercard) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी, ATM, POS तथा eCommerce जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि VISA, Mastercard, China UnionPay स्वीकार गर्दछ ।  

बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको जनाएकाे छ । 

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले Panacea Infosec Pvt. Ltd. लाई नियुक्त गरेको थियो । यसैको फलस्वरुप, आफ्नै EFT Switch को शुरुवात गरेसँगै बैंकले PCI DSS v3.2.1 प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्वीच सुरुवात गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 बाट 4.0 भर्सनमा स्तररोन्नति भएको हाे । 

पुनः प्रमाणीकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिबद्धतालाई स्वतन्त्र रुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालासमक्ष स्पष्ट पारेको प्रमुख सूचना अधिकारी खनियाले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया