राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले दुःख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् ।
सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुरामा मात्र अल्मलिइरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले यत्रो क्रान्ति र दुःख गरेर व्यवस्था ल्याएका छौँ, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुरामा मात्र अल्झिरहेको छ , कानुन बनेका छैनन्, निर्देशन गरेको नीतिअनुसारका काम बनेका छैनन्, कार्यक्रम ल्याइएको छैन ।’
साथै उनले संविधानले कल्पना गरेका दायित्व राज्यले पूरा नगरेको भन्दै सरकार गलत बाटोमा मात्र गइइरहेको जिकिर गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।