logo-img

सञ्चारमन्त्रीले ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ भनेपछि प्रधानमन्त्रीले सचेत गराए

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई उनकाे अभिव्यक्तिबारे सचेत गराएका छन् । गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखराकाे एक कार्यक्रममा प्रहरी महानिरीक्षकबारे विवादित अभिव्यक्ति दिएका थिए ।  

शनिबार प्रेस चौतारीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजनसम्बन्धी विषयमा सोधिएको प्रश्नमा ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ जवाफ दिएका थिए । मन्त्रालयको नियमित रिपोर्टिङका क्रममा मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि विवादित विषय नबोल्न चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो, गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ,’ उनले भने ।

भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको र आफूले पनि त्यसबारे महसुस गरेको मन्त्री गुरुङले बताए ।





  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया