logo-img

खतिवडाले पाए संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी

नेपाल संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा भीमप्रसाद खतिवडाले पाएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाका लागि खतिवडालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

कुलपति ओलीले विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम सोमबार खतिवडालाई उक्त जिम्मेवारी दिएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते पदबाट राजीनामा दिएपछि उपकुलपतिको पद रिक्त रहेको थियो ।





  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया