कंगनालाई दबाब फिल्मको नाम फेर्नू

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौट र राजकुमार रावको फिल्म ‘मेन्टल है क्या’ २१ जुनदेखि रिलिज हुने भनिएको छ । प्रकाश कोवेलामुडीले निर्देशन गरेको यो फिल्म एकता कपुरले निर्माण गरेकी हुन् । तर, रिलिज हुनुभन्दा पहिले नै यो फिल्म विवादमा घेरिएको छ । 

यसको एउटै कारण हो, यसको नाम । फिल्मको नामलाई लिएर भारतमा अहिले विरोध गर्नेहरु निकै बढेका छन् । कतिसम्म भने अर्की अभिनेत्री दीपिका पादुकोणको संस्थाले पनि यसको विरोध गरेको छ । त्यसैले अब फिल्मको नाम फेर्न निकै दबाब बढेको बताइएको छ । 

भारतीय पत्रिका डेक्कन क्रोनिकलमा लेखिएको एक समाचारअनुसार अब फिल्म टिमले नाम फेर्नुको अर्को विकल्प बाँकी छैन । यही रिपोर्टमा एकता कपुरले फिल्मको नाम फेर्ने निर्णय लिइसकेको पनि उल्लेख गरिएको छ । यो फिल्ममा पहिलो पटक कंगना रनौट र राजकुमार रावको जोडी देखिँदै छ । 





  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १०:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया