नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकाको रणनीति सफल भयो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमसिसीको खारेज गर्न नसकेका नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका हुन् ।
‘अमेरिकाको रणनीतिमा नेपाल बस्यो भने नेपाली भूमि दोस्रो युक्रेन बन्ने खतरा छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् ।’
उनले अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नेपालमा एमसिसी ल्याइएको दाबी गर्दै एमसिसीको विपक्षमा उभिन सबैलाई आग्रह गरे । प्रत्यक्ष एसपिपीको हिसाबले लागू नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका विचार, नीति हिसाबले ब्याक नभएको उनको भनाइ छ ।
महासचिव गुरुङले सोझै सैनिक ल्याएर क्याम्प बनाउनभन्दा पनि बढीभन्दा बढी सूचना केन्द्र बनाउन खोजिएको भन्दै खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा रहेको बताए ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनालाई नेपालको मातहत ल्याउने गरी कानुन बनाउन सरकारसँग माग गरे ।
उनले नेपाललाई नवऔपनिवेशिक बनाउने उद्देश्यसहितको सो परियोजनालाई नेपालको संसदले स्वीकार गरेकोको उल्लेख गर्दै अब सरकारले त्यसलाई सम्पूर्ण रुपले नेपाल मातहत ल्याउनेगरी कानुन बनाउनुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै महासचिव विप्लवले एमसिसीको परिचालन, अनुगमन र नियन्त्रण सम्पूर्ण रुपमा गर्नेगरी संसदले कानुन बनाउनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताए ।
एमसिसी नेपालको हितमा नभए पनि त्यसलाई तत्काल खारेज गर्ने सम्भावना नभएको जिकिर गर्दै महासचिव विप्लवले त्यसलाई कानुनद्वारा नियन्त्रण गर्न नेपालले पहल गर्नुपर्ने बताए ।
महासचिव विप्लवले अमेरिकाले आफ्नो सैन्य रणनीति बिस्तार गर्नका लागि एमसीसी लगायतका परियोजनालाई अघि बढाउने गरेकाले त्यसलाई स्वीकार गर्न नसकिने अडान राखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।