नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र अनुकरणीय सम्बन्ध भएको बताएका छन् । बुधबार भक्त बहादुर राना मगरको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढी रहेको बताए ।
उनले भने, ‘भक्त बहादुर राना मगरसँग भावनात्मक, अनुकरणीय सम्बन्ध जोडिन पुग्यो , खास गरी मैले उहाँको पार्टीमा लगाव, पार्टीप्रतिको विश्वास र निष्ठा मैले अन्य कमरेडहरूबाट पनि सुनेको थिएँ ।’
साथै उनले राना मगर पार्टीप्रति, आन्दोलनप्रति र देशप्रति समर्पित रहने एक योद्धा भएको बताए । उनले मृत्यु शय्यामा हुँदा पनि आफ्नो निष्ठा र कर्तव्य नभुलेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।