logo-img

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा नतिजाबारे छानबिन गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। संसदीय समितिकाे बुधबारको बैठकले नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न सरकारलाई निर्देशन दिएको हाे । 

समिति सभापति अम्बरबहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएका हुन् । 

शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको उनकाे भनाइ छ । त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आमनागरिक र सम्बन्धित व्यक्तिहरुको विश्वास जित्ने गरी आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफू निरन्तर आयोगसँग छलफलमा रहेको र मन्त्रालयले यस विषयमा आवश्यक छानबिन गर्ने बताइन्। 





  • प्रकाशित मिति : भदौ १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया