बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अनुशासित ढंगले चाडपर्व मनाउन मन्त्रालयका महिला कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
हरितालिका तीजको अवसरमा महिला कर्मचारीलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन आग्रह गरेका हुन् ।
हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको उल्लेख गर्दै मन्त्री काफ्लेले भने,'हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै अनुशासित र तडकभडकविना तीज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनाली, उपसचिव मौसम ढुंगेल, मन्त्रीका निजी सचिव अनुप अधिकारीलगायत कर्मचारी उपस्थित थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।