कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले तीजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिए ।
उनले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गरे । उनले भने, 'कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।' मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरुको नामावली नदिएका कारण सरकार विस्तारमा केही ढिलाइ भएको बताए ।
मुख्यमन्त्री कार्कीले भने, 'सरकार विस्तारमा जति ढिलाइ हुन्छ, त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई तीव्र गतिमा अघि बढ्नेछ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।