नेकपा एमालेले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ । बुधबार पोलिटब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो ।
पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ ।’
उनले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको बताए । तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्य योजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।
प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए। बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।