logo-img

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा छु : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताएका हुन् ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनी यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले भने, ‘अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।’

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले भने, ‘सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।’ नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।





  • प्रकाशित मिति : भदौ १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया